Wednesday, August 5, 2026

साना किसान कृषि सहकारीको वार्षिक प्रगति समीक्षा, उत्कृष्ट संस्थाका रूपमा प्रशंसा

 

सानाकिसान कृषि सहकारी संस्था लिमिटेड, बुद्धभूमि नगरपालिका–९, कपिलवस्तुद्वारा आयोजित “आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति, वित्तीय अवस्था तथा संस्थागत आगामी कार्ययोजना सम्बन्धी नियामक निकायसँग वार्षिक समीक्षा कार्यक्रम” सम्पन्न भएको छ।


संस्थाका अध्यक्ष चुरामणि पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बुद्धभूमि नगरपालिकाका नगरप्रमुख केशव कुमार श्रेष्ठ प्रमुख अतिथि तथा प्रमुख प्रशासकीय अधिकृत यमकान्त पाण्डे विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।


कार्यक्रममा बुद्धभूमि नगरपालिका वडा नं. ९ का अध्यक्ष प्रमोद आचार्य, वडा नं. ३ का अध्यक्ष गोविन्द आचार्य, वडा नं. ८ का अध्यक्ष कपिलदेव तिवारी, वडा नं. ७ का अध्यक्ष शालिकराम यादव, बुद्धभूमि नगरपालिकाको उद्योग तथा सहकारी शाखाका प्रमुख वरिष्ठ अधिकृत विजय भुसाल, कृषि शाखा प्रमुख निरञ्जन कुमार तिवारी, पशु शाखा प्रमुख खिमबहादुर टन्डन, वडा सदस्यहरू, पत्रकार, समाजसेवी, बुद्धिजीवी तथा संस्थाका सञ्चालक समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।


कार्यक्रममा संस्थाका प्रबन्धक बलराम भुसालले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति, वित्तीय अवस्था तथा आगामी कार्ययोजनासम्बन्धी प्रतिवेदन प्रोजेक्टरमार्फत प्रस्तुत गर्नुभएको थियो। प्रतिवेदन प्रस्तुत गर्दै उहाँले कृषि विकास बैंकबाट रु. ४६ लाख ५६ हजारको प्रारम्भिक कारोबारबाट यात्रा सुरु गरेको संस्था अहिले रु. १ अर्ब ३४ करोडभन्दा बढी कारोबार गर्न सफल भएको जानकारी दिनुभयो।


मन्तव्यका क्रममा उद्योग तथा सहकारी शाखाका प्रमुख वरिष्ठ अधिकृत विजय भुसाल, वडा नं. ९ का अध्यक्ष प्रमोद आचार्य, प्रमुख प्रशासकीय अधिकृत यमकान्त पाण्डे तथा नगरप्रमुख केशव कुमार श्रेष्ठले सहकारीले नगरभित्र सामाजिक उत्तरदायित्वका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको, बैंकभन्दा ठूलो कारोबार गर्दै उदाहरणीय संस्था बनेको तथा सामाजिक सेवामा अग्रणी भूमिका निर्वाह गरेको बताउनुभयो।


प्रमुख अतिथि नगरप्रमुख केशव कुमार श्रेष्ठले सहकारी र स्थानीय तहबीच सहकार्यलाई अझ प्रभावकारी बनाउँदै अघि बढ्न सके नागरिकले सहज र गुणस्तरीय सेवा–सुविधा प्राप्त गर्ने बताउनुभयो। उहाँले सानाकिसान कृषि सहकारी संस्था यस क्षेत्रकै नमुना तथा उत्कृष्ट संस्था भएको उल्लेख गर्दै संस्थाका सञ्चालक समिति, कर्मचारी, शेयर सदस्य तथा सम्पूर्ण परिवारलाई बधाई र धन्यवाद व्यक्त गर्नुभयो।


कार्यक्रमको अध्यक्षता गर्दै संस्थाका अध्यक्ष चुरामणि पोखरेलले संस्थाले हासिल गरेको सफलता सम्पूर्ण शेयर सदस्य, बचतकर्ता, सञ्चालक समिति, कर्मचारी, समाजसेवी, बुद्धिजीवी तथा शुभेच्छुकहरूको साथ, सहयोग र विश्वासकै परिणाम भएको बताउनुभयो। उहाँले कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथि तथा सहभागीप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि सबैको सहयोग र सहकार्य रहने विश्वास व्यक्त गर्नुभयो।


कार्यक्रमको सञ्चालन निर्मला पौडेलले गर्नुभएको थियो भने स्वागत मन्तव्य सञ्चालक समिति सदस्य रोमलाल खनालले राख्नुभएको थियो।


कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति, वित्तीय अवस्था तथा आगामी कार्ययोजनाबारे नियामक निकायसँग विस्तृत समीक्षा गर्दै सहकारीको आगामी रणनीति, सेवा विस्तार तथा संस्थागत सुदृढीकरणका विषयमा समेत छलफल गरिएको थियो।



Friday, July 31, 2026

निःशुल्क आँखा परीक्षण शिविरतथा चस्समा वितरण कार्यक्रम सम्पन्न

 साना किसान कृषि सहकारी संस्था लिमिटेड, इमिलियाको आयोजना एवं आर्थिक सहयोगमा स्थानीय श्री सिद्धार्थ स्मारक माध्यमिक विद्यालय भेलाईका विद्यार्थी तथा शिक्षक-अभिभावकहरूको निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ। शिविरमा छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल, बहादुरगंज, कपिलवस्तुले प्राविधिक व्यवस्थापन तथा प्राविधिक सहयोग गरेको थियो।

जसमा आखा मा समस्या देखिएका २०० जना बिधार्थी हरु लाई औसधि वितरण तथा २६ जना बिधार्थीहरु लाइ चस्मा वितरण गरिएको छ 

आखा शिबर २०८३ असार १६ गते सम्पन्न भएको थियो भने चस्मा वितरण कार्यक्रम २०८३ साउन १३ गते बिधालय को सभा हल मा सम्पन्न गरिएको छ 








Location Map