सुचना








 





साना किसान कृषि प्रशिक्षार्थी कार्यक्रममा सहभागिताका लागि आवेदन भर्ने सूचना ।

नेपालका लागि ईजरायली राजदुतावासको सहयोग तथा साना किसान विकास बैंकको समन्वयमा विगत बर्षदेखि सञ्चालन हुँदै आएको “साना किसान कृषि प्रशिक्षार्थी कार्यक्रम” अन्तर्गत सन् २०१८–२०१९ का लागि यस साना किसान कृषि सहकारी संस्था लि। बरकुलपुरका शेयर सदस्यहरुको परिवारबाट कृषि प्रशिक्षार्थीको रुपमा इजरायल जान इच्छुक निम्न योग्यता पुगेका व्यक्तिहरुलाई सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ ।
योग्यता
 १०जोड२ पास गरेको हुनुपर्ने
 २०७४ चैत्र मसान्तमा २१ वर्ष पुरा भई २६ वर्ष ननाघेको हुनुपर्ने
 पारिवारिक कृषि पेशामा आवद्ध परिवारका सदस्यलाई प्राथमिकता दिइनेछ
 १० महिने प्रशिक्षण अवधि पुरा भएपछि अनिवार्य रुपमा स्वदेश फर्कने कुराको लिखित ग्यारेन्टी तथा धरौटी जम्मा गरेको हुनुपर्ने
 एकाघर परिवारको सदस्य यस संस्थाको शेयर सदस्य भएको १ वर्ष पुरा भएको हुनुपर्ने

निवेदन पेश गर्ने अन्तिम मिति –          २०७४ चैत्र २७ गते मंगलबार कार्यालय समयभित्र
निवेदन पेश गर्ने स्थान –                  संस्थाको कार्यालयमा
छनौट–                            २०७४ चैत्र २८ गते दिनको १२ः०० बजे

थप जानकारीका लागि
संस्थाको सम्पर्क नं। ०७६–४१२००४,
बलराम भुसाल (प्रवन्धक) ९८५७०५०४५६
वा कार्यालय समयभित्र संस्थामा सम्पर्क राख्नुहुन अनुरोध छ ।

अनुरोधक
साना किसान कृषि सहकारी संस्था लि। बरकुलपुर कपिलबस्तु

No comments:

Post a Comment

Location Map