Saturday, January 16, 2016

हिउँदे खेति गर्ने किसान मर्कामा

२ माघ, पाल्पा ।पाल्पाको फोक्सिनकोट लगायत बिभिन्न गाबिसका हिउँदे खेति गर्ने किसान मर्कामा परेका छन् । समयमै पानी नपरेकाले उनीहरु मर्कामा परेका हुन् ।फोक्सिनकोट गाबिसको अधिकांश भागमा लगाइने कोदो, फापर, सिल्टुम, गहुँ, भट्टमास, सानो गहत, तोरातोरी गहते लगायतका अन्नवालीका साथै आलु, काउली, बन्दा, मुला लगायतका तरकारी पनि यसबर्ष राम्रो उत्पादन भएको छैन ।
विगतका वर्षहरुमा आलु, खुर्सानी, काउली जस्ता हिउँदे खेतिबाट राम्रो आम्दानी गर्ने किसाहरु यसपटक मारमा परेका हुन् ।
फोक्सिनकोट ४ झर्लेङ्गकी मिना पाडेंले पानीको मुहान सुकेकाले खेति गर्न नसकेको बताइन् । “भुकम्पको कारणले हो वा अरु कुनै कारणले हो थाहा भएन, तर यो पटक पानीको मुहान नै सुकेको छ ” पाडेको भनाई थियो । पानीको मुहान सुक्दा खानेपानीको समेत समस्या परेको स्थानीयले बताए ।
copy from #sanakisan.com

No comments:

Post a Comment

Location Map