Friday, February 19, 2016

शरीरबाट विषालु तत्व हटाउन मिर्गौलालाई सहयोग गर्ने केही खाद्य वस्तुहरु,

शरीरबाट विषालु तत्व हटाउन मिर्गौलालाई सहयोग गर्ने केही खाद्य वस्तुहरु,
=========================
लसुन – बढी मात्रामा सल्फर हुने लसुनलाई शरीरको सफाइ गर्ने प्रकृतिको एक उत्तम वस्तु मानिएको छ । कलेजोमा विषालु तत्व विघटन गर्ने विशेष खालको एन्जाइम उत्पादनमा सघाएर लसुनले शरीरबाट ती वस्तु बाहिर निकाल्न महìवपूर्ण भूमिका निर्वाह गर्छ ।
स्याउ – उच्च मात्रामा पेक्टिन हुने स्याउले शरीरबाट विषालु तत्व हटाउन मद्दत गर्दछ । घातक गह्रौँ घातुसँग टाँसिएर पेक्टिनले तिनीहरूलाई शरीरबाट बाहिर निकाल्न योगदान गर्छ । यति मात्रा होइन पेक्टिनले कलोजोमा पित्त उत्पादन बढाउने भएकाले विषालु तत्व विघटन प्रक्रिया सहज बन्छ ।
चुकन्दर – गान्टे मूल जस्तो गाढा रातो रङको चुकुन्दरमा एन्टिअक्सिडेन्ट ठूलो परिणाममा हुन्छ । एन्टिअक्सिडेन्टले घातक फ्रिरेडिकललाई निस्तेज पारेर शरीरको रक्षा गर्दछ । कलेजोलाई सजिलो पारेर रगतको सफाइमा समेत चुकुन्दरले मद्दत पु-याउँछ ।
गाँजर – गाँजरमा भिटामिन ए, बी ६, सी र के तथा पोटासियम र ग्लुटाथियोन पनि हुन्छ । ग्लुटाथियोन प्रोटिनले कलेजोको सफाइमा ठूलो योगदान गर्छ । पकाउँदा ग्लुटाथियोन नष्ट हुने भएकाले गाँजर काँचै खानु राम्रो ।
कागती – शरीरको सफाइमा कागतीलाई चमत्कारी स्रोत मानिएको छ । बढी पित्त उत्पादन गर्न कागतीले कलेजोलाई उत्प्रेरित गर्छ । बिहान कागती हालेर एक गिलास पानी पिउने गरेमा तपाईंको शरीर सफाइमा ठूलो योगदान पुग्छ ।
आलस – मुटुलाई अत्यन्त आवश्यक ओमेगा–३ फ्याटी एसिडको साह्रै राम्रो स्रोत आलसले रगत स्वस्थ राख्न मद्दत पुर्‍याउँछ । फाइबर समेत धेरै हुने भएकाले विषालु तत्व शरीरबाट बाहिर निकाल्न आलस उपयोगी हुन्छ । यसअतिरिक्त हरियो सागपात, ब्रोकाउलीले पनि शरीरबाट विषालु पदार्थ बाहिर निकाल्न सहयोग गर्छन् ।

No comments:

Post a Comment

Location Map