Wednesday, June 22, 2016

स्मार्टफोनको पासवर्ड समाधान

स्मार्टफोनमा नयाँ पासवर्ड वा पिन लक (Lock)  राखेपछि कहिले काँही बिर्सिने सम्भाना हुन्छ। यस्तो स्थितिमा फोनलाई रिसेट (Reset) गर्न बाहेक कुनै अन्य विकल्प हुँदैन। तर रिसेट गरेपछि फोनका डाटा सबै डिलिट हुने गर्छ। 
 
तर फोनलाई रिसेट नगरी पनि पासवर्ड हटाउन सकिन्छ। एन्ड्रोइड डिभाइसमा गलत पिन राखेमा ‘ट्राई अगेन इन ३० मिनेट वा १५ मिनेट’ (Try again in 30 minutes or 15 minutes) भनेर विकल्प देखाउँछ।
 
उक्त समयमा ‘फरगट प्याटर्न (Forgot Pattern) वा पासवर्ड (Password)’ भनेर विकल्प देखाउँछ। उक्त विकल्पमा क्लिक गर्ने र आफ्नो गुगल एकाउन्टको जानकारी राख्ने।
 
उक्त डिभाइमा सोही एकाउन्ट पहिले पनि प्रयोग भएको हुनुपर्छ। 
 
एन्ड्रोइड डिभाइसमा ‘सेफ मोड बुट’ (Safe Mode Boot) फिचर हुन्छ। यसले पनि फोनलाई रिसेट नगरी फोनको पुरानो पिन वा पासवर्ड हटाउन सकिन्छ।
 
सामसुङको स्मार्टफोनमा ‘फाइन्ड माई मोबाइल’ (Find My Mobile)  नामक फिचर हुन्छ। यदि उक्त एकाउन्ट सेटअप (Account Setup) गरिएको छ भने, कुनै पनि ब्राउजरबाट लग इन (Log In) गरेर पासवर्ड हटाउन सकिन्छ।
 
यसका लागि लग इन गरेपछि ‘लक माइ स्क्रिन’ (Lock My Screen)  विकल्प आउँछ। यसमा नयाँ पासवर्ड राखेर ‘लक’ विकल्पमा क्लिक गर्ने। केही समयमा नै पासवर्ड परिवर्तन हुन्छ। सामसुङ एकाउन्ट छैन भने उक्त तरिका काम गर्दैन।

No comments:

Post a Comment

Location Map