Wednesday, September 21, 2016

सुर्योदय युवा क्लवको दशै विशेष कार्याक्रम

 बि.पि. पन्थी कपिलबस्तु , 
      सम्पुर्ण युवाहरु एक जुट हौ,समाज विकासमा अग्रसर वनौ,अनाथ वालवालिकालाई सहयोग गरौ भन्ने मुल नाराका साथ सुर्योदय युवा क्लवको आयोजनामा यहि असोज २२ गते फुलपातिको दिन कपिलवस्तुको बुद्धभुमि क्याम्पसमा वृहत दशै विषेश साँस्कृतिक कार्यक्रम हुने भएको छ । विद्यालयवाट वन्चित भएका वालवालिका लाई विद्यालय पहुच सम्म पु¥याई अनाथ वालवालिका हरुलाई आर्थिक तथा लत्ता कपडा को व्यावस्था गर्ने तथा वचत रकमले विभिन्न वालवालिकालाई सहयोग गर्ने  तथा पहिचान हुन नसकेको यस भृकुटि नगरपालिकालाई चिनाउन साथै यस क्षेत्रमा रहेका कलाकारहरुको राष्ट्रिय रुपमा चिनाउने कार्यक्रमको उद्देश्य रहेको र आगामि दिनमा पनि क्लव समाजिक कार्यमा लागि पर्ने सुर्योदय युवा क्लवका अध्यक्ष प्रदिप खनालले वताउनु भयो । 
          साँस्कृतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरु देवि घर्ति,शिशिर देवकोटा,सुनिल गिरि,विद्यान कार्कि,दिपक भण्डारि,शिव खनाल, सुमन पौडेल,श्रीनिवास चौधरि,अनिल पाहाडि,निर्मल क्षेत्रि,बविता माझि लगाएत स्थानिय कलाकार र छमछमि कला केन्द्रको बेजोड प्रस्तुति रहने कार्यक्रका साँस्कृतिक संयोजक शिव खनालले बताउनु भयो ।
   कल्वले विगत देखि नै
दशै विशेष कार्याक्रम गर्दै आएकोे छ र आगामि दिनहरुमा पनि समुदायमा टेवा पुग्ने खालाका बिभिन्न कार्यक्रमहरु गरिने अध्यक्ष खनालले जानकारी गराउनुभयो ।

No comments:

Post a Comment

Location Map