Friday, January 6, 2017

बरकुलपुर साना किसानको आम्दानी १ करोड बढी ।


कपिलबस्तुको ग्रामिण भेगमा काम गर्ने साना किसान कृषी सहकारी सस्था लि बरकुलपुरले १ करोड बढी नाफा गर्ेको छ । गत आ.ब.मा ३५ करोडको कारोबार गरी १ करोड ६ लाख खुद नाफा आर्जन गरेको हो । शनीबार भृकुटी नगरपालिकाको इमिलिया हाट बजारमा सम्पन्न १४ औ साधारण सभामा बोल्दै सहकारीका अध्यक्ष खुमानन्द न्यौपानेले साना कृषकहरु सेवा प्रदान गरी कपिलबस्तुमा सर्बाधिक नाफा कमाउने कृषी सहकारी बनेको बताउनु भयो । 
साधारण सभामा बोल्दै नेपाल कृषी सहकारी संघका झुमा न्यौपानेले सहकारी मार्फत कृषी क्षेत्रको बिकासमा ठुलो टेबा पुराएको बताउनु भयो । संस्थाले कृषी क्षेत्रमा लगानी, कृषी औजार खरीद, सोलार जडानमा ७ प्रतिशतमा लगानी , पशु बिमा , रेमिट संचालन, सामाजिक बिकासका कार्यक्रम गर्दै आएको सहकारीका ब्यबस्थापक बलराम भुसालले बताउनु भयो ।
सहकारीमा २ हजार ५ सय बढी सदस्यबाट २३ करोड बढी निक्षेप संकलन गरेको छ । १ करोड बढी शेयर संकलन र ३० करोड बढी ऋण प्रबाह भएको सहकारीका लेखा समिती संयोजक सुरेन्द्र प्रसाद खनालले बताउनु भयो । सभाले शेयर सदस्यलाई २० % बोनस बितरण गर्ने पारित गरेको छ ।
सहकारीले आगामी बर्षहरुमा डेढ करोड नाफा गर्ने लक्ष्य लिएको अध्यक्ष खुमानन्द न्यौपानेले बताउनु भयो । कृषीमा आधुनिकीकरण र युबा स्बरोजगारका अबषर प्रदान गरी युबाहरुको बैदेशिक पलायन कमी गराउन लगानीका अबषर प्रदान गर्ने अध्यक्ष न्यौपानेको भनाई रहेको छ ।
कार्यक्रममा टेक लाल पौडेल, सरस्बती खनाल, लोकनाथ पोख्रेल, कृषी सामाग्री कम्पनीका बिष्णु प्रसाद अर्याल, भृकुटी नगरपालिका कार्यकारी अधिकृत जनक राम पन्थी, नेपाल सहकारी संघका राम प्रसाद रेग्मी ले मन्तब्य राख्नु भएको थियो । साधारण सभा संस्थाका उपाध्यक्ष चुरामणी पोख्रेलको संचालन र कमला जिसीको स्वागत मा सम्पन्न भएको थियो 

No comments:

Post a Comment

Location Map