Wednesday, May 30, 2018

साना किसान सहकारीको ऋण मिनाहा भएको हैन

साझा सहकारी भनेका बि.स. २०४८ साल भन्दा अघि श्री ५ को सरकारले खोलेका सहकारी हुन, जो प्राय: बन्द भैसकेका छन, तर केहीमा ऋण भने बाकी नै छ । यस्ता मृतप्राय: संस्थाहरुको ज्यादै पुरानो ऋणलाई हिसाबबाट हटाउन मिनाहा गर्न आवश्यक थियो । त्यही कुरा आ.व. २०७५/७६ को बजेट वक्तव्यको ७८ न. बुदामा "साना किसानहरुले तत्कालिन साझा सहकारी संस्थाहरुबाट लिएको सम्पूर्ण ऋण मिनाहा" गरिएको भनेर उल्लेख भयो । यो कुरालाई केही अनलाईन पत्रीकाहरुले भ्रम सिर्जना हुनेगरी "साना किसान सकारीको ऋण मिनाहा" भनेर समाचार सम्प्रेषण गरेको पाईयो । यस अनर्गल प्रचारले मुलुक भरिका साना किसान सहकारी संस्थाहरुलाई अनावश्यक हल्लामा तानेको छ । भ्रममा नपर्न साना किसान सहकारी परिवारलाई अनुरोध छ ।
साथै, कृपया यस्तो सम्वेदनशील समाचार सम्प्रेषण गर्दा व्यावसायिक दक्षता प्रस्तुत गर्न सम्बन्धित सबैमा अनुरोध छ ।

No comments:

Post a Comment

Location Map