Sunday, February 10, 2019

करोडौ कमाउने २ सहकारी मर्जरमा जादै । प्रदेशकै नमुना वनाउने घोषणा ।

जानु पाण्डे
कपिलवस्तु माघ २६कपिलवस्तुको बुद्धभुमी नगरपालिकामा रहको २ कृषी सहकारी मर्जरमा जाने भएका छन । बुद्धभुमी नगरपालिका ९ मा रहेको साना किसान कृषी सहकारी सस्था वरकुलपुर र साना किसान कृषी सहकारी संस्था लि वुड्ढी मर्जरमा जाने साधारण सभाले निणर्य गरेको छ ।
कपिलवस्तु जिल्ला सवै भन्दा उच्च नाफा कमाउने सहकारीको रुपमा निनिदै आएको यि दुई सहकारी मर्जर पछी नगरकै ठुलो सहकारी वन्ने पक्का भएको छ । सनिवार सम्पन्न साना किसान कृषी सहकारी संस्था लि बरकुलपुरको १६ औ वार्षिक साधारण सभामा वोल्दै सहकारीका अध्यक्ष खुमानन्द न्यौपानेले मर्जर पछी प्रदेशकै नमुना सहकारी वनाउन मेहनत गर्ने वताउनु भयो । सहकारीले नगरका सवै वडालाई कार्यक्षेत्र वनाई सेवा विस्तार गर्ने वताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समितीका अध्यक्ष नारायण खनालले सहकारीहरु कृषी क्षेत्रमा पहुच वढाउनु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा वोल्दै वुद्धुभुमी नगरपालिकाका प्रमुख केशव कुमार श्रेष्ठले सहकारीका माध्यमवाट गाउ गाउमा पुगी सेवामुखी भई काम गर्ने शुभकामना व्याक्त गर्नु भयो ।
कार्यक्रममा बुद्धभुमी नगरपालिकाका उपमेयर मिरा चौधरी, प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्या, साना किसान वुड्ढीका अध्यक्ष पदम प्रसाद खनाल, बुद्धभुमी ८ बडा अध्यक्ष कपिलदेव तिवारी, समाज सेवि राजेन्द्र राज आचार्य , दुर्गा अधिकारी, कमला न्यौपानेले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
साधारण सभामा ७२ करोड , १


२ लाख ६ हजारको आय व्यय प्रस्तुत गरीएको थियो । संस्थाको कुल शेयर २ करोड १० लाख, निक्षेप संकलन ३४ करोड ३३ लाख रहेको संस्थाका लेखा संयोजक सुरेन्द्र प्रसाद खनालले वताउनु भयो । संस्थाले गत आ.व.मा १ करोड ७३ लाख ३० हजार खर्च कटाएर नाफा कमाएको छ ।
उता मर्जरमा जान लागेको बुड्ढी साना किसान को नाफा १ करोड १ं० लाख रहेको छ । शेयर ६५ लाख निक्षेप संकलन १४ करोड ५० लाख रहेको छ । दुवै मर्जर पछी ३ बडा कार्य क्षेत्र थप गरी पुरा नगरपालिका कार्यक्षेत्र भएको बुद्धभुमीको पहिलो सहकारी वन्ने छ । मर्जर पछी सदस्यताको संख्या ५ हजार वढी हुने छ । नगरका सवै कृषकले कृषी क्षेत्रमा कार्य गर्नका लागी विना झण्झट सेवा पाउने सहकारीका व्यवस्थापक वलराम भुसालले वताउनु भयो । कार्यक्रम संस्थाका अध्यक्ष खुमानन्द न्यौपानेको अध्यक्षता र चुरामणी पोख्रोलको संचालनमा सम्पन्न भएको थियो ।

No comments:

Post a Comment

Location Map