Tuesday, January 19, 2016

नेपाली नाटकले रचेको ईतिहास

लगनशील भएर कोशिस गर्दा आखिर नहुने के रहेछ र ? जीवनको सम्पूर्ण उमेर नै रंगकर्ममा  लगानी गरेका ‘मालती मंगले’ का चर्चित नायक हरीबहादुर थापाले एउटा ठूलो कोशिस गर्नु भो – न्यूयोर्क स्थित ब्रोडवे थियटरमा नेपाली नाटक मन्चन गर्ने । धेरै 12321160_10208041968277871_7881705651720270193_nअघि देखिको सपना थियो यो उहांको ।
ब्रोडवे थियटर जस्तो आर्थिकरुपले महंगो स्टेज, कलाकारहरुको कामको व्यस्तता र अमिल्दो ड्यूटीशिफ्टको कारण यो काम त्यति सहज पनि थिएन । टिकट बिक्री होलान् नहोलान्, कलाकारहरुलाई एकै समयमा संयोजन गर्न सकिएला नसकिएला- यो एउटा चुनौति नै थियो नाटकका निर्माता निर्देशकका लागि । त्यसमाथि पनि कतिपय कलाकारहरु पहिलो पटक नाटक खेल्दै थिए, पहिले खेलिसकेकाहरु पनि कतिपय ब्रोडवे थियटरका लागि नौला थिए ।
यति हुदा हुदैपनि नाटक अभिनयमा चयन भएका कलाकारहरुले एकार्का प्रति टीमवर्कको भावना राखेर काम गरे । कसैको रातभर ड्यूटी, कसैको दिनभर ड्यूटी । आराम गर्नुपर्ने
समय पनि रिहर्सलमा खर्चिए । तैपनि कोही थाकेनन्, कोही पछि हटेन1917632_10208041967197844_5695676440172706571_nन् । आफ्नो समय; काम; र फुर्सद व्यवस्थापन गरेर ३ महिना देखि अनवरतरुपले दत्तचित्त भै रिहर्सलमा लागे ।
चर्चित रंगकर्मी लेखक अशेष मल्लद्वारा लिखित अनि वरिष्ठ रंगकर्मी कलाकार हरीबहादुर थापाद्वारा निर्देशित नाटक “जोडियोस् भत्किएका मनहरु” मन्चन हुनुभन्दा १ महिना अघि देखि मिडीया र सामाजिक संजालहरुमा जोडतोडले प्रचारप्रसार पनि शुरु भयो । संगसंगै टिकट बिक्री पनि शुरु भयो । टिकट बिक्री र अन्य व्यवस्थापनको लागि केही सहयोगी हातहरु पनि जुटे ।
नाटक मंचन हुनु १ हप्ता अगावै १००, ५०, र २५ डलरका सबै शोको टिकट बिक्री भैसकेको थियो । (हलमा १५८ सिट क्षमता थियो भने ३ बजे र ७ बजे गरी दुई शो राखिएको थियो ।)
सोचे भन्दा छिट्टै र सजिलैसंग टिकट बिक्री हुनुले टीमलाई हौसला त मिलेको थियो । तर नाटकको बारेमा छ्यापछ्याप्ति प्रचार प्रसारले नाटक टीमलाई एउटा चुनौति भने थपिदिएको थियो- नाटक अहिले हल्ला गरिए जस्तो सफलतापूर्वक मन्चन हुन्छ कि हुदैन ? यदि भएन भने भोलि दर्शक र मिडीयाले धज्जी उडाउने मौका पो पाउने हुन की !
 12346399_10208041966917837_5584396485374746429_n
नाटक टीम सकारात्मक भएर आत्मबल बढाउदै थिए, नाटक सफल बनाउन तन्मय मन्मय भएर प्रयत्नशील थिए ।
डिसेम्बर १३ आईतवारका दिन नाटक आशा गरे भन्दा पनि अभूतपूर्वरुपमा सफलतापूर्वक मन्चन भयो । सबै कलाकारहरुले सशक्तरुपमा जीवन्त अभिनय गरे । नाटकका केही हृदयविदारक दृश्यहरुमा दर्शकहरुले आफ्ना आँसु थाम्न सकेनन्, भक्कानिएर रोए, धेरै बेर सम्म रोईरहे । त्यति मात्र होईन, हांस्यदृश्यहरुमा खित्का छाडेर पनि हांसे । नाटक सकिने बित्तिक्कै कतिपय दर्शकहरु मन्चमा आएर कलाकारहरुलाई धाप मारे, बधाई दिए । उनिहरुको मुग्धकण्ठले प्रशंसा गरे ।
नाटक प्रदर्शन सकिएपछि सोधिएको एक प्रश्नमा नाटकका सहनिर्देशक सहदेव पौडेलले भन्नुभयो- “नाटक मन्चनपूर्व आफुमा यस्तै खाले डर रहेको तर पहिलो शो को प्रदर्शन हुदै गर्दा नै ति डरहरु भागिसकेको थियो ।”  उहांले यो नाटक सफल हुन12375964_10208042171682956_2942438186290676161_n लेखक; निर्देशक; कलाकार; प्राविधिक सहयोगी; स्वयंसेवक; दर्शक सबैको सहयोग र भूमिका रहेको बताउनु भयो र उहांहरुलाई मन्चबाटै धन्यवाद पनि दिनु भयो ।
दर्शककोरुपमा आउनु भएको न्यूयोर्क स्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत नारायण मैनालीले हर्षबिभोर एवं गौरवान्वित हुदै मन्चमा आएर सबै कलाकार र सहयोगीहरुलाई बधाई दिनु भयो ।
नाटकका निर्माता निर्देशक हरीबहादुर थापाले धेरै वर्ष अघि देखि नाट्यशालाको
शहर भनेर चिनिने न्यूयोर्कको ब्रोडवे थियटरमा नेपाली नाटक मंचन गराउने धोको रहेको तर ४ वर्ष अघि त्यसको लागि गरिएको प्रयत्न कारणवश सफल हुन नसकेको र अहिले त्यो धोको, त्यो सपना सबैको सहयोगबाट पुरा भएको आत्मगौरवका साथ बताउनु भयो ।
“डायस्पोरामा अंग्रेज़ी लगायत अन्य भाषाहरुको मात्र बर्चस्व रहेको थियटरमा नेपाली नाटकले ढोका खोलेको छ, अब यसलाई निरन्तरता दिईनु पर्छ” उहांले थप्नु भयो ।
 12360123_10208041967397849_1013188475322365999_n
सो नाटक हेर्न करिव १२ जना जति बिदेशी  दर्शकहरु पनि आएका थिए । उनिहरुले नेपाली भाषा नबुझे पनि कलाकारहरुको अभिनय भावभंगी; लाईटिड्० र उत्कृष्ट प्रस्तुतीको कारण नाटक चाख मानेर हेरेका थिए ।
ईतिहासमा यो दिन सगर्व उल्लेख हुनेछ – डिसेम्बर १३ तारिख आईतवार पहिलो पटक विश्व रंगमंचको शहर न्यूयोर्कको ब्रोडवे थियटरमा नेपाली नाटक “जोडियोस् भत्किएका मनहरु” अदभूत सफलताको साथ मंचन भएको दिन भनेर ।
सबै दर्शकहरुले उत्कृष्ठ ठानेका यस नाटकमा जीवन्त अभिनय गर्ने कलाकारहरु थिए – हरीबहादुर थापा; यादव गौतम; ज्योतिकुमार श्रेष्ठ; सहदेव पौडेल; नादिया लिवाड्०; संगिता उप्रेती; बिकास बिष्ट; दीपिका श्रेष्ठ; अनुज थापा; कृष थापा; कृष्टल थापा; दिलाष्मा रजक ।12345620_10208041969557903_120513729957575389_n
त्यसैगरी नृत्य निर्देशक राजकपूर; लाईट व्यवस्थापन राकेश श्रेष्ठ; अन्य सहयोगीहरु बिराज रिजाल, विश्व थापा को योगदान पनि अतुलनीय रहेको पाईयो ।
बिना आशनग्रहण; बिना भाषण; बिना खादा र तोकिएको ठीक समयमा प्रदर्शन गरिएको सो नाटक पु:न प्रदर्शन गरिए कारणवश हेर्न छुटेकाहरुले हेर्न पाउने र ढीलो आईपुगेर शुरुका दृश्यहरु हेर्न छुटेकाहरु समेतले पुन: हेर्न पाउने जनचाहना रहेको पाईएको छ ।

No comments:

Post a Comment

Location Map