Tuesday, January 19, 2016

कृत्रिम गर्भाधान: गाईभैंसीको वंशानुगत गुण सुधारको एक उपयोगी प्रविधि

Posted By: Kedar Karki

पृष्ठभूमिः

दुग्ध व्यवशाय कुनै बेला समग्र कृषि पेसाको सहायकको रुपमा मानिन्थ्यो । तर आज समग्र पशुपालन साथै दुग्ध व्यवसाय ग्रामीण तथा सहरी क्षेत्र वरपरका ठाउँमा आम्दानी, रोजगारी तथा वैदेशिक मुद्रा आर्जनको एउटा भरपर्दो कृषि व्यवशायको रुपमा आफ्नो उपस्थिति देखाउन सफल भएको छ । अन्न खेतीसँग गाईभैंसी पालनको एक सहयोगी, पुरक तथा दिगो मितेरी गाँसिएको छ ।
हाम्रो जस्तो मुलुकको समग्र पशुपालन क्षेत्र विविध जैविक विविधताले परिपर्ूण्ा छ भन्दा अतिसोयोक्ति नहोला । तर तीनको प्राकृतिक शुद्धताको रक्षा एवं तीनको नश्लनोत्तरीका लागि कुनै योजनावद्ध कार्यक्रम नहुँदा, साथै उन्नत पशुहरुमा पनि यसो गरिन नसक्दा ती हराएर जाने एवं आफ्नो वंशानुगत पहिचान गुमाउने खतरा देखिन्छ । हाम्रा आफ्ना अछामी, लुलु प्रजातिको अवस्था हेरेे पुग्छ । यसरी अनियन्त्रित रुपमा गरिने पशु प्रजनन प्रकृयका कारण मौलिक वंशानुगत पहिचान त ती पशुले गुमाउँछन् नै तीनको उत्पादन क्षमता पनि ह्रास हुने खतरा बढेर जाने सम्भावना हुन्छ । त्यस्ता पशु पालेर दुग्ध व्यवशायलाई कुनै फाइदा पुग्दैन । त्यसैले आजका हाम्रा गाईभैंसीका बथानलाई दर्रि्रहरुको भीड भने हुन्छ । उत्पादन न्यून, संख्या बढी, आवश्यक घाँस, पराल र स्याहार अनि पशु स्वास्थ्य सेवाबाट वञ्चित । आजको बढ्दो जनसंख्या, बढ्दो सहरीकरण एवं बस्ती विकासको युगमा समग्र अन्न खेती गरिने क्षेत्र घट्दै छ । त्यसकारण पशुपालनका लागि ठाउँको सीमितता पनि घट्दो छ । यस्तो अवस्थामा आजको पशुपालन क्षेत्रको आवश्यकता भनेको उत्पादनशिल पशुहरुको संख्यामा वृद्धि गर्नुपर्ने तथा न्यून उत्पादनशील पशुहरुको न्यूनीकरण गरिनु पर्ने देखिन्छ । जस्ले गर्दा प्रति पशु उत्पादन वृद्धि भई जनमानसलाई आवश्यक पर्ने पशुजन्य प्रोटिनको आपर्ूर्ति सहज होस् ।
त्यसै प्रशंगमा आज पशुहरुको उत्पादकत्व वृद्धि गर्ने विभिन्न जैविक प्रविधि प्रयोगमा विश्वभरि नै प्रयोगमा ल्याइएको छ, जसमध्ये विश्वमै बढी प्रचलनमा प्रयोग हुने भनेको कृत्रिम गर्भाधान प्रविधि नै हो ।

कृत्रिम गर्भाधान प्रविधिको ऐतिहासिक पृष्ठभूमि

भाले पशुको शरीरमा पाइने पोथीलाई गर्भाधारण गराउन सक्ने तन्तुहरुलाई प्राकृतिक रुपमा वाली नलगाई यान्त्रिक रुपमा पोथीको गर्भाशयमा प्रतिस्थापन गरिने प्रविधिलाई कृत्रिम गर्भाधान प्रविधि भनिन्छ ।
यस प्रविधिको इतिहास केलाउने हो भने इटालीका वैज्ञानिक लाजानो स्पालजानीले प्रथम पटक भालेको झोल विर्यमा विचरण गर्ने शुक्रकिटमा गर्भाधारण गराउने क्षमता तथ्य प्रथम पटक र्सार्वजनिक गरे पश्चात स्वस्थ्य प्रजनन क्षमता विकास भएका वयस्क भालेको वर्ीय संकलन गरी तीनमा भएको शुक्रकीटको घनत्व एवं स्वास्थ्य स्थिति विश्लेषण गरी आवश्यक रसायनयुक्त अवयवको मिश्रणमा शुक्रकीटको गर्भाधारण गराउने क्षमता तथा चाहिने आवश्यक घनत्व सन्तुलन गरी, प्राकृतिक रुपमा प्राप्त वर्ीयको मात्रा वृद्धि गरी यस प्रविधिमा प्रयोग गराइन्छ । यसरी संघोलित वर्ीय तत्काल केही समय पश्चात स्वस्थ्य एवं पोथी जनावरले बाली खोजेको परिपक्व समयमा प्रयोग गरिन्छ । अर्को विधिअनुसार यसरी संघोलित तरल वर्ीयलाई तरल नाइट्रोजन ग्यासको भापमा सञ्चय एवं संरक्षण गरी तरल नाइट्रोजन -१९६ ड्रि्री सेन्टिग्रेटमा लामो समय सञ्चय गर्न सकिन्छ । जसलाई आवश्यक बेलामा प्रयोग गर्न सकिन्छ । जुन प्रचलित छ ।
अति हिमकृत विधिबाट जमाइएका वर्ीय प्रविधिले राँगो साँढेका वर्ीय लामो समयसम्म गर्भाधारण गराउन सक्ने शुक्रकीटको क्षमता संरक्षणसहित लामो समय सञ्चय गर्न सकिन्छ । अति उच्च उत्पादन दिन सक्ने माउबाट छनौट भएका उपयुक्त वंशानुगत गुण भएका राँगो साँढेबाट कृत्रिम तरिकाले अतिनिर्मलीकृत, संक्रमणरहित तरिकाले वर्ीय संकलन गरिन्छ, यस प्रयोजनका लागि । यसरी संकलन गरिएको वर्ीयको रंग, निरन्तरता, मात्रा, प्रगतिशील, गतिशीलता, शुक्रकीटको, घनत्व, शुक्रकीटको भौतिक अवस्थाको विशलेषण गरी गुणस्तर मापन गरिनु आवश्यक हुन्छ । यसरी विश्लेषण गरिएको संकलित वर्ीयलाई एकमात्रा कृत्रिम गर्भाधान गराउन चाहिने वर्ीयमा २५ लाख सक्षम शुक्रकीट रहने गरी उपयुक्त रसायनिक अवयव मिश्रति रसायनको झोलमा संकलन गर्दाको वर्ीय भएको शुक्रकीटको उपलब्ध संख्यालाई संघोलित गरिनु पर्छ । यसरी प्रशोधन गरिएको वर्ीयलाई प्लाष्टिकको स्ट्रहरुमा भरी मेसिन तथा प्लाष्टिकको स्ट्रको मुख सुरक्षित रुपमा टाली यो स्ट्रलाई तरल नाइट्रोजन वाफ प्रयोग गरी जमाइन्छ । यी स्ट्रलाई त्यस पछि -१९६ ड्रि्री से. तापक्रममा तरल नाइट्रोजन ग्यासमा डुबाएर संचित गरिन्छ ।
त्यसै पनि कृत्रिम गर्भाधान प्रविधिलाई अतिहिमकृत तरल नाइट्रोजनमा जमाइएको वर्ीय तरल नाइट्रोजनमा संरक्षण गरी टाढा टाढा ठाउँसम्म वर्ीय ओसार पसार गरी यस विधिबाट प्रभावशालि रुपमा गाईभैंसीको नश्लमा द्रुतरुपमा सुधार गर्न सकिने प्रविधि मानिन्छ । अझ यसरी संरक्षित सञ्चय गरिएको वर्ीयको प्रयोग उच्चकोटीमा छनौट गरिएका राँगा साँढेको मृत्यु पश्चात पनि प्रयोग गनै सकिने छ । यसले उच्चकोटीको अनुवांशिक क्षमता भएका वंशको संरक्षण लामो समयसम्म पनि गर्न सकिन्छ । यस प्रविधिको प्रयोगबाट यौनजन्य रोगको प्रसारमा नियन्त्रण एवं न्यूनीकरण तथा निसंक्रमण गरी प्रयोग गरिएका उपकरणको प्रयोग गरी कृत्रिम गर्भाधान प्रविधिमा दक्ष प्राविधिकबाट यो प्रविधिको प्रयोग गरियो भने गर्भाधारण दर पनि उच्च हुने देखिन्छ । जसबाट हामीले पालेका गाईभैंसी प्रत्येक वर्षगोठमा दुहुना भई रहून ।

कार्यक्षेत्रमा देखिएका समस्या पनि छन् :

हुन त कृत्रिम गर्भाधारण प्रविधिको अवधारण पशु प्रजननका लागि प्रयोग शुरु गरिएदेखि आजसम्म धेरै विकसित भएको छ । भ्रूण प्रत्यारोपणसम्म हुने गरी । तर पनि कार्यक्षेत्रमा देखिने केही सामान्य समस्याले यसको उपादेयता तथा प्रभावकारितामा असर पारी त्यसको सफलतामा अवरोध पुर्याएको देखिएको छ ।
गाउँ टोलभरी विचरण गर्ने काठे स्थानीय राँगा साँढे बथानमा वराली रहँदा यो प्रविधिको उपयोग सम्भव देखिदैन । तर्सथ यो प्रविधिको प्रयोग भित्राउन भन्दा पहिला ती क्षेत्रका यी प्रजनन् प्रयोगका लागि अनउपयुक्त राँगो, साँढे हटाउन जरुरी छ । जुन सहज छैन । स्थानीय कृषक यसमा सहमत हुन सजिलो छैन । कृषकमा यस प्रविधि प्रति नकारात्मक धारणा न्यून गर्भाधारण प्रतिशत अनि कमजोर बाच्छा, बाच्छी जन्मिन सक्ने सम्भावना जस्ता कुराको यथोचित आश्वस्तता कृषकमा पुर्याउन सके त्यस क्षेत्रका काठे व्याड क्रमशः हटाउँदै कृत्रिम गर्भाधान प्रविधिको व्यापकता फैलाउन सकिन्छ ।
बेलैमा तरल नाइट्रोजनको उपलब्धता अनि बैलैमा कार्यक्रम सञ्चालन भएको थलोमा सहज आपर्ूर्ति व्यवस्थापन हाम्रो जस्तो भौगोलिक अवस्थितिमा कम चुनौतिपर्ूण्ा छैन । कृत्रिम गर्भाधान गराउने प्राविधिक यस विषयमा कति जानकार छ, अनि दक्षताको अनुभव कति बोकेको छ यो पनि एउटा यक्ष प्रश्न हो । निराकरण नगरी मात्र कृत्रिम गर्भाधान प्रविधिको प्रयोग शुरु गरेको घोषणा गर्नु आत्मघाती हुनेछ । दुग्ध उत्पादन क्षेत्रमा यसरी यस प्रविधिको प्रयोगबाट परिवर्तित अनुवंशका वर्ण्र्ााकर भालेको व्यवस्थापनको सुनिश्चितता नगर्ने हो भने यसबाट उत्पन्न समस्याले यस प्रविधिको त्यस क्षेत्रमा सञ्चालन गर्न अवरोध गर्ने देखिन्छ । अन्यत्रको अनुभव पनि यस्तै छ ।
कृत्रिम गर्भाधान केन्द्रमा आवश्यक वर्ीयको मात्राको नियमित सहज निरन्तर आप र्ूर्ति व्यवस्थापन, कृतिम गभाृधान गर्ने प्राविधिकको निरन्तर उपलब्ध रहने सुनिश्चितता, र्सार्वजनिक बिदामा समेत नभएमा ऋतुकालको ऋतुचक्रको उपयुक्त समय चुकेमा यसले कृषकको मनोविज्ञानमा पार्ने प्रभाव आफ्नै ठाउँमा छ । कृत्रिम गर्भाधान केन्द्रमा यस प्रयोजनको लागि प्रयोग गरिने औजार एवं सामग्रीहरुको उचित निर्मलीकरण एवं निसंक्रमणका लागि आवश्यक सामग्रीको व्यवस्था नगरिने हो भने त्यै धारा, खोलाको पानीले धोई पखाली प्रयोग गरिएका उपकरणबाट गरिने कृत्रिम गर्भाधानले कृत्रिम संक्रमण गर्ने छ । त्यसको कृषकमा पर्ने मनोवैज्ञानिक प्रभावको न्यूनीकरणका लागि सोच्ने कि –

कृत्रिम गर्भाधान प्रविधिको प्रभावकारिताका लागि के सुधार गर्नु जरुरी छ -

सफल कृत्रिम गर्भाधान हुन प्रयोग गरिएको वर्ीयको क्षमताको गुणस्तर, गर्भाधान गर्नु भन्दा पहिले गरिएको पर्ूव तयारी ऋतुको चक्रको उपयुक्त समयमा गरिएको गर्भाधान, उपयुक्त ठाउँमा वर्ीयको निशेचन पाठेघरमा प्रयोग गरिएका औजार, उपकरणहरु उचित निर्मलीकरण तथा निसंक्रमण अघिको उपयुक्त माखेसाँग्लो मिले न मिलेकोमा भर पर्न सक्छ । यी मध्ये कुनै एकमा हुने त्रुटिले बाँझोपन त बढ्ने हो ।

वर्ीयको व्यवस्थापनः

क) वर्ीय निरन्तर तरल नाइट्रोजनमा डुबाएर संचय गर्ने ।
ख) वर्ीय ओसार पसार गर्दा लिक्वीड नाइट्रोजनको भाँडोमा यथेष्ट मात्रामा तरल नाइट्रोजन ग्यास हुनु पर्छ ।
ग) वर्ीय भएको स्ट्र एक भाँडोबाट अर्कोमा सटफेर गर्दा घाममा पर्न दिनु हँुदैन ।
घ) वर्ीयमा शुक्रकीटको कृयाशीलता सञ्चय गरेको बेलामा नियमित रुपमा अनुगमन गरिनु पर्छ ।

जमाएको वर्ीय गर्भाधान गर्नु भन्दा पहिले तरल बनाउँदा -थिईंग गर्दा)

अतिहिमकृत अवस्थामा रहेको विर्यलाई पटक पटक भण्डारण गरेको तापक्रमबाट बाहिरको तापक्रममा ल्याउँदा वर्ीयमा भएको शुक्रकीटको गर्भधारण गराउन सक्ने क्षमता ह्रास हुन सक्छ । तर्सथ प्रयोग गरिने सिमेन तरल नाइट्रोजनको भाँडोको घाँटी भन्दा बाहिर ननिकाली प्रयोग गर्ने, निकाल्न परे ३-५ सेकेण्ड भन्दा बढी हैन । प्रयोग गरिने सिमेनको स्ट्रलाई प्रयोग गर्न अघि ३५-३७ ड्रि्री से. को तातोपानीमा ३० सेकेण्डदेखि एक मिनेटसम्म थोईंन्ग गर्ने जसले गर्दा अतिहिमकृत अवस्थाबाट वर्ीय तरल अवस्थामा सुरक्षित पुगोस् । यस्तो अवस्थाको वर्ीय बढिमा १५ मिनेटभित्र क्रृतुकालको उपयुक्त समयमा भएको पोथीको गर्भासयमा जम्मा गरी सक्नु पर्ने हुन्छ । नत्र प्रयोजन विहीन कृत्रिम गर्भाधान ।

गर्भाधान कार्य सम्पन्न गर्दा अपनाउनु पर्ने सावधान :

कृत्रिम गर्भाधान कार्य सम्पन्न गर्न गरिने सबै कार्य वर्ीय संकलन, प्रशोधन तथा आपर्ूर्ति र पोथीको पाठेधरमा वर्ीय राख्ने कार्य गर्दासम्मको सबै कार्य उचित सरसफाइ तथा स्वस्थ्य वातावरणमा सम्पन्न गर्नु पर्ने छ ।
प्रयोग गरिने औजार, उपकरणको उचित सफाइ, निर्मलीकरण र निसंक्रमण अनिवार्य गरिनु पर्छ ।
गर्भाधारण कार्य सम्पन्न गर्दा वर्ीय पोथीको पाठेघरमा राख्नु भन्दा पहिले कतै गर्भिणी त छैन, पाठेघरमा कुनै पर्ूव संक्रमण त छैन अनि जनावर ऋतुकालको उचित समयमा छ छैन यकिन गर्न आवश्यक छ ।

कृत्रिम गर्भाधानको उचित समय तथा वर्ीय राख्नु पर्ने गर्भाशयको उचित स्थानः

आज हामीकहा प्रचलन छ, गोठमा गाईभैंसी जे कारणले कराए पनि लो बाली खोज्यो । कृत्रिम गर्भाधान प्राविधिक बोलाऔं । प्राविधिक आफ्नै थलोबाट कृत्रिम गर्भाधान गनमा वर्ीय राखि एकै पटक वर्ीय राख्न तयार । यसको असर हाम्रा बथानमा अत्यधिक उल्टिने समस्याग्रस्त छन् । एउटै गाईभैंसी वर्षरी बाली लगाउन पर्ने अनि प्रभावित कृत्रिम गर्भाधानको लक्ष । तर्सथ ऋतुचक्रमा रहेका गाईभैंसीको ऋतुकालको निश्चित समयमा मात्र गरिएको कृत्रिम गर्भाधानबाट मात्र गर्भधारणको सुनिश्चितता हुन्छ । तर्सथ गाईभैंसीको ऋतुचक्र र ऋतुकालको सूक्ष्म अवलोकन गरिनु पर्छ । यसबारे सम्बन्धित कृषकमा यथोचित सूचना प्रवाह गरिनु पर्छ । त्यसको लागि प्रत्येक पशुपालक कृषकले आफ्नो गोठका गाईभैंसीको ऋतुचक्रलाई विहान बेलुकि सूक्ष्म अनुगमन गर्नु पर्ने हुन्छ । सामान्यतमा स्वस्थ्य तथा उमेर पुगेका गाईभैंसी प्रत्येक २१ दिनमा ऋतुचक्रमा हुन्छन् । यदि गर्भिणी रहेन छन् भने । बथानमा भएका गाईभैंसीले आफूमाथि अरु कुनै जनावर चढेमा, अनि त्यसको प्रतिकारमा कुनै प्रतिकृया न देखएमा पशु ऋतुकालको उपयुक्त समय चक्रमा छ भन्ने देखाउँछ ।
तर सामान्यतया यदि गाईभैंसीले विहान पख ऋतुचक्रका लक्षण देखाए भने त्यस्ता पशुलाई मध्यान्न वा साँझ कृत्रिम गर्भाधान गराउने यदि पशुले साँझपख लक्षण देखाए बिहान पख । त्यसकारण कृत्रिम गर्भाधान केन्द्र विहान बेलुकी खुल्ने व्यविस्था उचित ।
मलद्वार योनी विधि यस प्रविधि प्रयोग गर्ने उचित प्रकृया मानिन्छ जुन विश्वव्यापी छ । मलद्वारबाट हात पर्साई पाठेघर नियन्त्रणमा लिई योनीबाट ए. आइ. गर्नमा राखेको वर्ीयको स्ट्र पाठेघरको बीच भागमा वर्ीय राख्नु उचित ठाउँ मानिन्छ । पाठेघरको मुखैमा वा पाठेघरका हाँगाहरुमा राखेको वर्ीयबाट हुने गर्भाधारण न्यून हुन्छ ।

सामान्य व्यवस्थापनका पक्ष सफल कृत्रिम गर्भाधानका लागि ः

गर्भाधान गराइने गाईभैंसी स्वस्थ्य हृष्टपुष्ट हुनु पर्दछ । जसका लागि सानै उमेरदेखि सन्तुलित एवं पौष्टिक आहारा दिनु पर्ने हुन्छ । यसको अभावमा गर्भाधारणको सफलता न्यून हुने छ । प्रजनन सम्बन्धी रोगबाट पशु ग्रसित छन् वा छैनन् नियमित स्वास्थ्य जाँच गरिनु पर्छ । यस बाहेक कृत्रिम गर्भाधान केन्द्रहरु यस प्रविधि प्रयोगका लागि चाहिने पर्ूवाधार, भौतिक साधन तथा जनशक्तिको निरन्तरता सुनिश्चित गर्न नसकिने हो भने किन टाउको दुखाउने, छाडा राँगा साँढेलाई जिम्मा दिए पुग्छ यो कार्य ।
cp Yubakrishi

No comments:

Post a Comment

Location Map