Tuesday, January 19, 2016

भरपर्दो नगदे बालीअकबरे खुर्सानी खेति प्रबिधि!


अकबरे खुर्सानी हाल पुर्बी पहाडी जिल्लाहरुमा निक्कै भरपर्दो नगदे बालीको रुपमा बिस्तार भए पनि खेतीमा खासै आधुनिकता अपनाइएको पाइन्न।मेरो आफ्नै अध्यायन र अनुसन्धानमा अकबरे खुर्सानिको आधुनिक तरीका यसो गर्न सकिएला।
(१)बेर्ना तयारी:-अकबरे खुर्सानी अन्य जातको खुर्सानी जस्तो सहज बेर्ना उम्रन्न।यसलाई विशेष तरीकाले नर्सरी ट्रेमा बिउलाइ २/३ दिन भिजाएर उमार्नु राम्रो हुन्छ।नर्सरी ट्रेमा बिरुवालाइ चाहिने मल माटो पानी मिल्ने हुनाले छिटो र समान बेर्ना तयार हुनसक्छ।
(२)रोप्ने विधि:-बेर्ना सार्दा मलखाद राम्रो ब्याबस्था गरेर प्लाष्टिक मल्चिङ गरेर रोप्न उचित होला।प्लास्टिक मल्चिङ गरे झारपात आउदैन माटोको उर्बरालाइ पनि घाम पानीले नोक्सान नगर्ने हुनाले बोट सप्रने हुन्छ।यसरी मल्चिङ गर्दा दोस्रो/तेस्रो साल पुन: मलखाद दिनु परेमा प्लास्टिकलाई होसियारी पुर्बक उठाएर मलखाद दिने र पुन: त्यही प्लास्टिकले छोप्न सकिन्छ।
(३)टनेल हाउस:-सकेसम्म अकबरे खुर्सानी टनेल हाउस बनाए राम्रो होला।किनकी अकबरे बहुबर्षे अर्थात ३/४ बर्ष उत्पादन लिन सकिन्छ।टनेल हाउस भए हिउँदमा तुषारोबाट बचाउन सकिन्छ र बैशाख ज्येष्ठमा पर्ने असिना पानीबाट बचाउन सकिन्छ।साधारणतया अकबरे रोपेको दोस्रो सालमा चाडैं र बढी उत्पादन दिने हुनाले पनि टनेल हाउस आवस्यक हुन्छ।
यी बिधिहरु सरसर्ती हेर्दा बढी खर्चाइलो देखिए पनि उत्पादन वृद्धि हुने हिसाबले फाइदा नै होला भन्ने अनुमान गर्न सकिन्छ।
Source: Ghanendra Mabo/Kisan Group

No comments:

Post a Comment

Location Map