Friday, February 19, 2016

ताजा र बासी माछा कसरी छुट्याउने ?

१. ताजा माछाको मुख जोडिएको हुन्छ, बासीको भने आँ परेको हुन्छ ।

२. कलेजो रातो भए त्यो माछा ताजा नै हुन्छ ।

३. माछाको गिल्स सुघेँर पनि ताजा माछा थाहा पाउन सकिन्छ । गिल्सबाट हल्का गन्ध आएमा त्यो माछा बासी हुन्छ ।

४. माछाको कत्लाहरुमा हातले छाम्दा, हातमा केही नआएमा त्यो माछा ताजा र हातमा कत्ला आएमा त्यो माछा बासी हुन्छ ।

५. ताजाको माछाको आँखा सफा हुन्छ भने बासी माछाको आँखा धमिलो हुन्छ।

तराईको २०, मध्य पहाडीको ३० तथा हिमालीको ६ जिल्लामा माछा उत्पादन हुन्छ । नेपालको बारा जिल्लामा सबैभन्दा बढी माछा उत्पादन हुन्छ । यसका साथै नेपालका २१ प्रजातिका माछा संकट सूचीमा परेका छन् । नेपालमा रहु, नैनी, भाकुर, कार्प, बिगहेड कार्प, पंगेसियस , टिटालिया लगायका माछा उत्पादन हुन्छ ।

No comments:

Post a Comment

Location Map