Sunday, May 29, 2016

किसानको समस्या समाधान कल सेन्टर पैसा नलाग्ने फोन नं। १६६००१९५०००


         कृषि विकास मन्त्रालयले किसान कल सेन्टर सञ्चालनमा ल्याएको छ । मन्त्रालयले २७ बुँदे प्रतिवद्धता मध्ये एक कल सेन्टर कार्यान्वयनका क्रममा सञ्चालनमा ल्याएको हो । कृषि विकासमन्त्री हरिबोलप्रसाद गजुरेलले पर्वत चुहाका राजेश रिमाल क्षेत्री सँग प्रत्यक्ष कुरा गरेर किसान कल सेन्टरको शुभारम्भ गरे । पैसा नलाग्ने फोन नं। १६६००१९५००० फोन गरी किसानले आफ्नो समस्या राख्न सक्नेछन् भने विज्ञहरुले समाधानको उपाय सुझाउनेछन् । हप्तामा आइतबार, मंगलबार, र बिहीबार ११ बजेदेखि १ बजेसम्म र दिउँसो २ बजेदेखि ४ बजेसम्म किसानले विज्ञसँग कृषि, कृषि प्रविधि, कृषि बीउबीजन, मलखाद, र कृषि यान्त्रिकीकरणका सम्बन्धमा प्रत्यक्ष खोजीनीति र किसानसँग दोहोरो कुराकानी गर्नसक्ने छन् । किसान र कृषि व्यवसायीका वाली, पशुवस्तुका समस्याहरुलाई आधुनिक सञ्चारमाध्यमको प्रयोगमार्फत विज्ञबाट समाधान गर्ने, सूचना प्रवाहमा भौगोलिक विकटताले पारेको असरलाई न्युनीकरण गरी न्यायपूर्ण सेवा प्रवाह प्रणाली स्थापना गर्ने उद्देश्यका साथ किसान कल सेन्टर सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ । दोश्रो चरणमा प्रदेशस्तरमा समेत आवश्यकताअनुसार सेन्टर स्थापना गर्दै जाने तथा प्रारम्भिक चरणमा सेन्टर कार्यालय समयभित्र हप्ताको तीन दिन र आवश्यकताअनुसार विस्तार गर्दै जाने बताइएको छ । २०६७ सालमा केन्द्रले लिएको टोल फ्री नम्बर पाँच वर्षपछि ६३ हजार ५ सय रुपैयाँ जरिवाना तिर्दै पुनः लिएको हो । अहिले तत्कालको लागि कल सेन्टर सातामा तीन दिन ४ घण्टा संचालन हुने र त्यसपछि किसानको सहभागीता हेर्दै विस्तार गरिने केन्द्रका प्रमुख मिन प्रसाद बुढाथोकीले बताए । स मन्त्रालयले आजबाट किसान ‘कल सेन्टर’लाई प्रयोगमा ल्याएको हो । यसअघि कृषि विकास मन्त्रालयले विसं २०२३ मंसिर २५ बाट रेडियो नेपालमा र २०५६ सालमा नेपाल टेलिभिजनबाट कृषि कार्यक्रम सञ्चालनको सुरुवात गरेको थियो ।

Read more at Agrokhabar: किसानको समस्या समाधान कल सेन्टरबाट http://agrokhabar.com/?p=6327

No comments:

Post a Comment

Location Map