Wednesday, August 17, 2016

बक्तृत्वकला प्रतियोगीता

 साना किसान कृषि सहकारी संस्था लि. बरकुलपुर ले आफ्नो कार्याक्षेत्र भित्र रहेका नि.मा.वि. र मा.वि तहमा अध्ययनरत बिद्यार्थिहरुलाई समावेश गरि यहि मिति २०७३।०५।०३ गते का दिन श्री उच्च मा.वि. ईमिलियामा  बक्तृत्वकला  प्रतियोगीता गर्ने भएको छ । बक्तृत्वकला  प्रतियोगीताको विषय गरिवी न्यूनिकरणमा  साना किसान कृषि सहकारी संस्था लि.हरुको भुमिका रहने छ । संस्था द्धारा सम्पूर्ण बिद्यालयमा पत्राचार गरि जानकारी समेत गरि  सकिएको छ । सो कार्याक्रममा साना किसान संग सम्वन्धित विभिन्न विशिष्ठ ब्याक्ति हरुको समेत उपस्थिति रहने छ । भने कार्यक्रममा प्रथम पुरस्कार रु. ४०००। द्धुतिय पुरस्कार रु.३०००। तृतिय पुरस्कार रु.२०००।  सान्त्वना पुरस्कार रु.१००० रहेको छ । संस्थाले आफ्नो कार्यक्षेत्रमा रहेका विद्यार्थी हरुको मनोवल उच्च गराउनमा लागी सो कार्यक्रमको आयोजना गरेको छ। 

No comments:

Post a Comment

Location Map