Saturday, August 20, 2016

बक्तृत्वकला प्रतियोगीता सम्पन्न

बि.पि. पन्थी कपिलबस्तु , भदौ ४
 मिति २०७३।५।३ का दिन साना किसान कृषि सहकारी संस्था लि.बरकुलपुर ईमिलियाको आयोजनामा श्री उच्च माध्यमिक बिद्यालय ईमिलियामा गरिवी निवारणमा साना किसान कृषि सहकारी संस्थाहरुको भुमिका बिषयक बक्तृत्वकला प्रतियोगीता सम्पन्न भयो । उक्त कार्यक्रम संस्थाका अध्यक्ष श्री खुमानन्द न्यौपानेको अध्यक्षता, कृषि बिकास बंैक लि.का बाबुराम भण्डारीको प्रमुख अतिथ्यता र साना किसान बिकास बंंैक लि. का रबिन भट्टराईको बिशिष्ट अतिथ्यतामा सम्पन्न भयो । संस्थाका उपाध्यक्ष श्री चुरामणी पोख्रेलद्वारा संचालित उक्त कार्यक्रममा संस्थाको सेवा क्षेत्र भित्रका जम्मा १२ ओटा बिद्यालयका १९ जना बिद्यार्थी हरु सहभागी थिए । माध्यमिक र निम्नमाध्यमिक तह बिच छुट्टा छुट्टै प्रतिस्पर्धा भएको उक्त कार्यक्रममा निम्नमाध्यमिक तह तर्फ श्री उच्च माध्यमिक बिद्यालय ईमिलियाकी छात्रा आस्था घिमिरे प्रथम, श्री सिद्धार्थ स्मारक उच्च माध्यमिक बिद्यालयका छात्र प्रदिप बढई द्वित्तिय, श्री त्रिशक्ति निम्नमाध्यमिक बिद्यालयका सुदन वि.क तृत्तिय र पिस वल्ड एकेडमिका छात्रा दिपक खत्री ले सान्त्वना  स्थान हासिल गरेका छन् । त्यसै गरि माध्यमिक  तहत फ  आदर्श ई.बो स्कुल ईमिलियाकी छात्रा लक्ष्मी पन्थी प्रथम, श्री उच्च माध्यमिक बिद्यालय ईमिलियाकाी छात्रा सबिना अधिकारी द्वित्तिय, श्री नेपाल राष्ट्रिय उच्च माध्यमिक बिद्यालयका छात्र दिपक बेल्बासे तृत्तिय र श्री जनकल्याण उच्च माध्यमिक बिद्यालय बरकुलपुरकि छात्रा दिक्षा पोख्रेलले सान्त्वना  स्थान हासिल गरेका छन् । उक्त कार्यक्रममा क्रमश ः प्रथम ,द्वित्तिय, तृत्तिय र सान्त्वना  स्थान हासिल गर्ने बिद्यार्थि लाई ४०००, ३०००, २०००, १००० नगद तथा प्रमाण पत्र ले सम्मान गरिएको थियो भने बिद्यालय हरुलाई प्रशंशा पत्र वितरण गरिएको थियो । आगामि दिन हरुमा पनि निरन्तर यस किसिमका कार्यक्रमहरु संचालन हुने संस्थाले जानकारी गराएको छ ।

No comments:

Post a Comment

Location Map